close

कृषिमार्फत वार्षिक ८ लाखलाई रोजगार दिइने

कृषिमार्फत वार्षिक ८ लाखलाई रोजगार दिइने

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले कृषिजन्य उद्योग तथा व्यवसायबाट वार्षिक ८ लाख नेपालीलाई रोजगारी दिने लक्ष्य राखेको छ । 

आर्थिक वर्ष २०७९/०८०को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको रुपान्तरण र रोजगारी उत्पादन तथा कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख गरेका छन् । ‘कृषकलाई बिउ मल सिँचाइ सहुलीयत कर्जा उपलब्ध गराउने । कृषि उत्पादन ढुवानीका लागि एम्बुलेन्स प्रयोग गर्ने,’ बजेटमा भनिएको छ।  

 

सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने र प्रत्येक स्थानीय तहमा श्रम सहकारीमा आबद्ध गरी ३०० कृषि स्वयं सेवकतयार पारिने पनि उल्लेख छ।