close

पुन: बढ्यो सार्वजनिक सवारी भाडा

पुन: बढ्यो सार्वजनिक सवारी भाडा

Trulli
ADVERTISEMENT

काठमाडौं ।  भाडा बढेको एक साता नपुग्दै सरकारले पुन: अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढाएको छ । 

यातायात व्यवस्था विभागले मंगलबार एक सूचना जारी गरी आजैबाट लागू हुनेगरी भाडा वृद्धि गरेको हो । 

 

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत भन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ ।

 

विभागका अनुसार यात्रुबाहक सवारी साधनमा २‍ दशमलव १ प्रतिशतले भाडा बढेको छ । त्यस्तै मालबाहक सवारीसाधनमा २‍ दशमलव ७ देखि ३ प्रतिशतसम्म भाडा बढेको छ ।

 

लाेकल (प्रदेशभित्रै चल्ने) सवारीसाधनमा भने भाडा बढाइएको छैन ।