close

ओरालो लागेको सेयरबजार सुधार 

ओरालो लागेको सेयरबजार सुधार 

Trulli
ADVERTISEMENT

काठमाडौं । लगातार ओरालो लागेको सेयरबजारमा मंगलबार केही सुधार देखियो ।

 

यसदिन १६ अंकको सुधार भएको भएको सेयरबजारमा कार्पोरेट डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशत घटे पनि जीवन बिमा कम्पनी समूहमा ७६ अंकले सुुधार आउँदा सेयरबजारमा सुधार भएको हो । 

 

यस दिन १ अर्ब ८ करोड ८८ लाख ३३ हजार रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर किनबेच भएको छ । यस क्रममा आज कारोबार भएका १३ समूहमध्ये दुई समूहमा गिरावट आएको छ ।

 

आज व्यापार र म्युचुअल फण्ड समूहमा गिरावट आएको छ भने यसबाहेक, अन्य ११ वटा समूहमा सुधार आएको छ । जसमध्ये जीवन बिमा कम्पनी समूहमा ७६ अंकको सुधार आएको छ भने उत्पादनमूलक समूहमा ६० अंक तथा विकास बैंक समूहमा ५३ अंकको सुधार आएको छ । 

 

त्यसैगरी,  जलविद्युत समूहमा ५१ अंक, वित्त समूहमा २८ अंक, होटल एण्ड टुरिजम समूहमा २७ अंक, लघुवित्त समूहमा २५ अंक र निर्जीवन बिमा समूहमा २४ अंक गिरावट आएको छ ।