close

पेट्रोलको मूल्य प्रतिलिटर १८० पुग्यो

पेट्रोलको मूल्य प्रतिलिटर १८० पुग्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको हो ।

 

अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।

 

यस्तै, खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढेको छ । अब ग्याँसको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ ।