close

चालू आर्थिक वर्षको आर्थिक वृद्धि सन्तोषजनक : अर्थमन्त्री शर्मा

चालू आर्थिक वर्षको आर्थिक वृद्धि सन्तोषजनक : अर्थमन्त्री शर्मा

Trulli
ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै उत्पादन हुने वस्तुको आयत विगतदेखि नै बढी रहेको बताएका छन् । 

 

शुक्रबार आगामी बजेटको प्राथमिकता र सिद्धान्तमाथि संसद्मा उठेका प्रश्नको उत्तर दिने क्रममा अर्थमन्त्रीले यस्तो बताएका हुन् । 

 

‘आफ्नो घर–आँगनमा उत्पादन भएको वस्तु आयात भइरहेको छ, यो वर्ष मात्रै यस्तो वस्तु आयात भयो भन्ने भ्रम हुनसक्छ,” उनले भने, “यो आयात निरन्तर भइरहेको छ । यसलाई रोक्नुपर्छ ।’ 

 

यस्तै, उनले विभिन्न चुनौतीका बीच चालू आर्थिक वर्षमा आर्थिक वृद्धि सन्तोषजनक रहेको बताए । 

 

‘हामीले मुख्य गरेर तीन वटा समस्या सामना गर्नुपर्‍यो , कोभिड महामारी, बेमौसमी वर्षा तथा रुस र युक्रेनको युद्धले मूल्य श्रृंखलामा पारेको प्रभावको चुनौती सामना गरेका छौं,’ उनले भने, “यसका बाबजुत हाम्रो आर्थिक वृद्धि ५.८४ प्रतिशत हुने अनुमान छ ।’