close

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ८०० रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँ घटेको हो । 

घटेको मूल्य अनुसार बजारमा सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र चाँदी एक हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

यस्तै, तेजाबी सुन ९६ हजार ७०० रुपैयाँ तथा चाँदीको एक हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।