close

बिहीबार पनि घट्यो सेयरबजार

बिहीबार पनि घट्यो सेयरबजार

Trulli
ADVERTISEMENT

काठमाडौं । सेयरबजार सूचक नेप्सेम बिहीबार थप १८ अंक घटेको छ ।  केही दिनयता लगातार ओरालो लागेको सेयरबजार बिहीबार पनि ओरालो लागेको छ । 

बिहीबार नेप्से थप १८.२६ अंकले घट्दै २१ सय १२.४७ अंकमा झरेको हो । 

यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.८१ अंकले घट्दै ४१०.६६ अंकमा झरेको नेप्सेले जनाएको छ ।

नेप्से सूचक घट्दै गर्दा यता कारोबार रकममा समेत ठूलो संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १८ अंकमाथिले घटेको बजारमा आज जम्मा १ अर्ब १६ करोड १५ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।