close

सर्लाहीमा ७ अर्ब बजेट

सर्लाहीमा ७ अर्ब बजेट

Trulli
ADVERTISEMENT

सर्लाही । जिल्लाका २० स्थानीय निकायलाई सङ्घीय सरकारले करिब सवा सात अर्ब बजेट विनियोजन गरिएको छ । जेठ १५ गते संसद‍्मा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेटमा जिल्लाका २० स्थानीय निकायलाई सङ्घीय सरकारले सात अर्ब १८ करोड १५ लाख अर्ब बजेट विनियोजन गरेको हो ।

११ नगरपालिका र नौ  गाउँपालिकामध्ये सबैभन्दा धेरै बजेट लालबन्दी नगरपालिकाले पाएको छ । लालबन्दीका  लागि ६४ करोड चार लाख, हरिवनका लागि ५७ करोड ७७ लाख, ईश्वरपुरका लागि ४७ करोड ३९ लाख, बरहथवाका लागि ४७ करोड २५ लाख, गोडैताका लागि ४५ करोड ३२ लाख, मलङ्गवाका लागि ४३ करोड ८१ लाख, बलराका लागि ४० करोड ७९ लाख, बागमतीका लागि ३८ करोड ४२ लाख, कविलासीका लागि ३७ करोड २९ लाख र हरिपुरका लागि ३२ करोड ४२ लाख र हरिपूर्वा नगरपालिकाका लागि ३१ करोड ३२ लाख बजेट विनियोजन भएको हो ।

सङ्घीय सरकारपछि अब प्रदेश सरकारले आगामी असार १० गते आआफ्नो प्रदेशसभामा बजेट प्रस्तुत गर्दैछन् । त्यसपछि असार १५ गते देशभरका सबै पालिकाले आआफ्नो गाउँ तथा नगरसभामा पालिकाको बजेट प्रस्तुत गर्नेछन् । 

पालिकाहरूले सङ्घीय र प्रदेश सरकारबाट विनियोजन भएको बजेटमा आन्तरिक आम्दानीको आकलन गरी बजेट ल्याउने छन् ।