close

गण्डकीको प्राथमिकता : उत्पादन वृद्धि, पर्यटन र पूर्वाधार

गण्डकीको प्राथमिकता : उत्पादन वृद्धि, पर्यटन र पूर्वाधार

Trulli
ADVERTISEMENT

कास्की । गण्डकी प्रदेश सरकारले उत्पादन र उत्पादकत्वको अभिवृद्धि, पर्यटन प्रवर्द्धन र स्वास्थ्य, शिक्षा, खानेपानी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गर्दै तुलनात्मक लाभका क्षेत्रमा लगानी बढाउदै कृषिको व्यवसायीकरण, बजारीकरण र विविधिकरणमार्फत उत्पादन एवं उत्पादकत्व अभिवृद्धि गरी प्रदेश समृद्धिका आधार तयार गर्नु रहेको बताए ।

आगामी आर्थिक वर्षका लागि विनियोजित रकममध्ये चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार, पुँजीगततर्फ रु २२ अर्ब १४ करोड एक लाख ४६ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड रहेको उनले जानकारी दिए ।

स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब ११ करोड १० लाख रहेको उनले बताए । आगामी आर्थिक वर्षमा एक करोड ८८ लाख ३८ हजार सञ्चित कोषमाथि व्ययभार हुने अनुमान गरेको उनले बताए ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरेको बजेटको खर्च बेहोर्न स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरणबाट सात अर्ब ९२ करोड ७९ लाख, राजस्व बाँडफाँटबाट प्राप्त नौ अर्ब २३ करोड ९९ लाख, ससर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख, समपूरक अनुदानतर्फ ८३ करोड ७० लाख, विशेष अनुदानतर्फ रु ८६ करोड प्राप्त हुने अनुमान गरेको उनले जानकारी दिए ।

प्रदेशको आन्तरिक राजस्वबाट पाँच अर्ब नौ करोड १६ लाख र रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको उनले बताए ।

चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपश्चात् दुई अर्ब ७१ करोड नगद मौज्दात रहने अनुमान गर्दै अर्थमन्त्री बरालले यसका अतिरिक्त आगामी आर्थिक वर्षका लागि दुई अर्ब न्यून हुने अनुमान गरिएको उनले बताए ।

न्यून हुन जाने रकममध्ये एक अर्ब आन्तरिक ऋणबाट र एक अर्ब नेपाल सरकारबाट लिइने ऋणबाट पूर्ति हुने व्यवस्था मिलाएको उनले जानकारी दिए