close

नेपाललाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची प्राप्त : पेट्रोलको लागत मूल्यै २०९.२८

नेपाललाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची प्राप्त : पेट्रोलको लागत मूल्यै २०९.२८

Trulli
ADVERTISEMENT

काठमाडौं । पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको छ । भारतले पठाएको नयाँ मूल्यसूचीअनसार पेट्रोलको लागत मूल्य २०९ रुपैयाँ २८ पैसा पुगेको हो । 

नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६.५२ रुपैयाँ , डिजेलमा प्रतिलिटर १९.३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर १९.९१ रुपैयाँ बढेको छ । 

यस्तै, नयाँ मूल्य सूचीअनुसार खाना पकाउने ग्याँसको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ । बढेको मूल्यसँगै निगमको प्रतिलिटर घाटा पनि चुलिएको छ । अहिलेको बिक्री मूल्यअनुसार पेट्रोल र डिजेलमा घाटा प्रतिलिटर क्रमशः ३१ रुपैयाँ २८ पैसा र ३७ रुपैयाँ १६ पसा पुगेको छ ।