close

१ लाख साढे ३६ हजारले पाए विन्ध्यवासिनीको आइपीओ

१ लाख साढे ३६ हजारले पाए विन्ध्यवासिनीको आइपीओ

Trulli
ADVERTISEMENT

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण शेयर (आईपीओ) आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा दिउँसो आईपीओ बाँडफाँट भएको हो । 

आइपीओमा कुल १७ लाख ९१ हजार ८९५ जनाले आवेदन दिएका मध्ये गोलाप्रथामार्फत १ लाख ३६ हजार ५०० जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् । 

विन्ध्यवासिनीले जेठ २० गतेबाट २५ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता सेयर खुला गरेको थियो । कुल १५ लाख कित्तामध्ये ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र ४% अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो ।