close

लगातार ओरालो लाग्दै नेप्से परिसूचक, आज ३७.२७ अंकले घट्यो

लगातार ओरालो लाग्दै नेप्से परिसूचक, आज ३७.२७ अंकले घट्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । एक हप्तापछि बिहीबार सामान्य बढेकफ शेयर बजार घट्ने क्रम जारी छ । शुक्रबार २ घण्टा कारोबार हुँदा ७.५७ अंकले घटेको नेप्से पिरसूचक आज पनि घटेको छ । 

साताको पहिलो दिन नेप्से परिसूचक आज ३७.२७ अंकले घटेर र १९३४.११ अंकमा झरेको छ । शुक्रबार ७४ करोड रुपैयाँ बराबरको सेयर आज एक अर्ब १३ करोडको कारोबार भएको छ ।  आज २२३ वटा कम्पनीको कारोबारमा आएको बजारमा ३६ लाख ६६ हजार कित्ता सेयर किनबेच भएको छ । 

जसमध्ये सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा नेपाल दूरसञ्चार कम्पनी रहेका छन् । दूरसञ्चारको एकैदिन १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोस्रो स्थानमा एनसीसी बैंक छ । बैंकको एकैदिन साढे ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आइतबार आधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।  त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा रिभर फल्स ९.५६ प्रतिशत घटेको छ ।