close

२० रुपैयाँ कर घटेसँगै पेट्रोलको मूल्य १७९ मा झर्‍यो, डिजेल १६३ रुपैयाँ

२० रुपैयाँ कर घटेसँगै पेट्रोलको मूल्य १७९ मा झर्‍यो, डिजेल १६३ रुपैयाँ

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले पेट्रोलको मूल्यमा लाग्ने कर प्रतिलिटर २० रुपैयाँ घटाएकाे छ । उद्योग वाणिज्य तथा आपूर्तमन्त्री दिलेन्द्र बडूले कर घटाएको घोषणा गरेसँगै मूल्य पनि समायोजन भएको छ ।

यसअघि पेट्र‍ाेलमा प्रतिलिटर ६६ रुपैयाँ कर जाेड्दा उपक्ताले लिटरकाे १९९ रुपैयाँमा तिर्नुपर्थ्याे । समायाेजनसँगै अब एक लिटर पेट्राेल १७९ मा पाइने छ । साथै डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । डिजेल-मट्टितेलको १६३ कायम हुनेछ  घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले जनाएको छ।

यसअघि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो ।