close

प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मूल्य बढेसँगै आज सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । तेजावी सुन प्रतितोलामा ९६ हजार ८सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आइतबार ५ रुपैयाँले बढेर एक हजार २४५ रुपैयाँ पुगेको छ ।