close

६ हजार २६६ जनालाई पर्‍यो आदर्श लघुवित्तको आईपीओ

६ हजार २६६ जनालाई पर्‍यो आदर्श लघुवित्तको आईपीओ

Trulli
ADVERTISEMENT

काठमाडौं ।  आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बाँडफाँट भएको हो । 

बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आईपीओमा १६ लाख ७४ हजार ६५२ जनाले १ करोड ८४ लाख २४ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १ हजार ८५८ जना आवेदकको आवेदन रद्ध भएको र बाँकी १६ लाख ७२ हजार ७९४ योग्य आवेदकमध्ये ६ हजार २६१ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ ।

त्यसमा बाँकी पाँच कित्ता शेयर १० कित्ताभन्दा धेरै माग गरी आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप पाँच जनालाई एक/एक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ । 

कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कुल जारी पुँजी (दुई लाख सात हजार कित्ता)को ०.५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता शेयर कर्मचारीलाई र निष्कासित (६७ हजार कित्ता) शेयरको पाँच प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरि बाँकी ६२ हजार ६१५ कित्ता शेयर खरिदका लागि सर्वसाधारणलाई आह्वान गरेको थियो । 

बाँटफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट (मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।