close

यात्रुबहाक सवारी साधनको भाडा घटेकोबारे प्रदेशलाई राष्ट्रिय महासंघको जानकारी

यात्रुबहाक सवारी साधनको भाडा घटेकोबारे प्रदेशलाई राष्ट्रिय महासंघको जानकारी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रुबहाक सवारी साधनको भाडा घटेको भन्दै सातै प्रदेशलाई भाडा समायोजन गर्न अनुरोध गरेको छ । 

महासंघले मंगलबार डिजेलको मूल्य २९ रुपैयाँ घटेको जानकारी गराउँदै ५.४१ प्रतिशत भाडा घटाउन अनुरोध गरेको हो । 

‘भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभाग काठमाडौंले  पछिल्लो डिजेल बजार मूल्य १९२ मा २०७९/०३/११ गते प्रति लिटर २९ घटी हाल डिजेलको बजार मूल्य रु १६३  कायम भएको र पछिल्लो मूल्य समायोजनको आधारमा लिइएको मूल्य भन्दा १५.१० प्रतिशत घटी मूल्य हुन आएको हुँदा सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीबाट सविक २०७९÷०३÷०६ गते यात्रबहाक सवारी साथको भाडा दरमा ५.४१ प्रतिशत भाडा समायोजन गरी मिति २०७९/०३/१२ गतेदेखि नयाँ भाडादर लागू गरिएको छ ।’