close

बुटवल र तिलोतममा यसरी मनाइयो, १९औँ राष्ट्रिय धान दिवस ( फोटोफिचर)

बुटवल र तिलोतममा यसरी मनाइयो, १९औँ राष्ट्रिय धान दिवस ( फोटोफिचर)

Trulli
ADVERTISEMENT

रुपन्देही ।१९ औँ राष्ट्रिय धान दिवसमा विभिन्न कार्यक्रम भएको छ ।

‘धान रोपौँ, खाद्यान्नमा आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाले धान दिवस मनाएको हो ।
बुटवल–१९ मोतीपुरको मनहरापुरमा बुटवल  उपमहानगरपालिका–१९ को  आयोजनामा तीर्थ थारूको खेतमा धान रोपेका  थिए ।  

बुटवलका मेयर खेलराज पाण्डेले भने  तिलोत्तमा–१० मा रहेको  कृषि सञ्जालको कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख नागेश्वरीदेवी चौधरीले धान रोपेका हुन् ।

सो अवसरमा नगरप्रमुख खाँणले कृषि पेसालाई आधुनिकीकरण गर्नुपर्ने बताए । उनले आधुनिक कृषि पेसालाई बढवा दिँदै नगरलाई अर्गानिक र आत्मनिर्भर बनाउने बताए ।

सरकारले २०६२ साल असार १५ गतेदेखि सरकारले राष्ट्रिय धान दिवस मनाउँदै आएको छ । यस्तै रुपन्देही देवदह नगरपालिका शुद्धोधन गाउँपालिकालगायत स्थानीय तहमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ ।

फोटो फिचर