close

लगातार बढ्दै सेयर बजार, बिहीबार ७५ अंकले बढ्यो

लगातार बढ्दै सेयर बजार, बिहीबार ७५ अंकले बढ्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । बिहीबार सेयर बजार ७४.९३ अंकले बृद्धि भएको छ । हिजो बुधबार साढे ४१ अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से आज ७४ दशमलव ९३ अङ्कले बढेर २ हजार ३७ दशमलव ६४ विन्दुमा पुगेको छ । 

आज सबै समूहको सेयर बढेर बजार हरियो देखिएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । २२७ वटा कम्पनीका ७२ लाख ५४ हजार कित्ता सेयर दुई अर्ब ४५ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ९ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भयो । 

आज नेपाल फाइनान्स, मैलुङखोला जलविद्युत्, न्यादी हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, आँधीखोला लघुवित्त र सूर्योदय ओमी लघुवित्तको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।