close

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँ घटेर एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ ।