close

नेप्से ९ अंकले घट्दा एक अर्ब ४५ करोडको कारोबार

नेप्से ९ अंकले घट्दा एक अर्ब ४५ करोडको कारोबार

Trulli
ADVERTISEMENT

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से घटेको छ । 

२ घण्टा कारोबार भएको बजारमा आज नेप्से सूचक ८.८७ अंकले घटेर २०२८.७७ को बिन्दुमा झरेको छ । आज २२० कम्पनीको ३६ लाख ६३ हजार ११० कित्ता सेयर १ अर्ब ४५ करोड ९३ लाख बराबरको कारोबार भएको छ । 

आज कारोबारमा आएका १३ उपसूचकमध्ये व्यापार, वित्तीय र माइक्रोफाइनान्स बढेका छन् भने त्यसबाहेक सबै समूहका सूचक घटेका छन् । आँधीखोला र नेपाल लघुबित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । 

कारोबार रकमका आधारमा  शिवम सिमेन्ट ५ करोड ५७ लाख रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा छ ।