close

डोटीका स्थानीय तहमा २० करोड बेरुजु

डोटीका स्थानीय तहमा २० करोड बेरुजु

Trulli
ADVERTISEMENT

डोटी ।  जिल्लाका नौ स्थानीय तहमा संघीय सरकारमार्फत आएको कुल तीन अर्ब १९ करोड ४१ लाख ४० हजार ३०० सयमध्ये २० करोड ५३ लाख ३८ लाख ८८ हजार ३५६ रुपैयाँ फ्रिज भएको छ ।

यो रकम स्थानीय तहका लागि कुल विनियोजित रकमको ६.४३ प्रतिशत हो ।

स्थानीय तहमा सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकामा १२.३१ प्रतिशत रकम फ्रिज भएको छ । कोलेनिकाले उपलब्ध गराएको विवरणअनुसार यस गाउँपालिकामा ३२ करोड ६२ लाख १५ हजार रकम विनियोजन भएकोमा चार करोड एक लाख ७४ हजार ३५२ रुपैयाँ फ्रिज भएको छ ।

सायल गाउँपालिकामा सबैभन्दा कम १.४२ प्रतिशत रकम फ्रिज भएको छ । यस गाउँपालिकाका लागि विनियोजित कुल रकम ३० करोड ९४ लाख नौ हजारमध्ये ४४ लाख तीन हजार एक सय ७४ रुपैयाँ फ्रिज भएको छ ।

दीपायलसिलगढी नगरपालिकाको ११.६४ प्रतिशत रकम फ्रिज भएको छ । कुल ४२ करोड ३५ लाख १४ हजार रुपैयाँ विनियोजित भएकोमा चार करोड ९३ लाख १७ हजार ७५७ रुपैयाँ फ्रिज भएको छ ।
केआइसिंह गाउँपालिकामा दुई करोड ९३ लाख ६२ हजार ५९६ रुपैयाँ रकम फ्रिज भएको छ । यो रकम गाउँपालिकाका लागि विनियोजित २९ करोड १४ लाख नौ हजार रुपैयाँको १० प्रतिशत हुन आउँछ ।

शिखर नगरपालिकामा करिब ८ प्रतिशत रकम फ्रिज भएको छ । नगरपालिकाका लागि विनियोजित कुल ५१ करोड पाँच लाख ७१ हजार रुपैयाँमध्ये चार करोड पाँच लाख ८० हजार ९३ रुपैयाँ फ्रिज भएको छ ।

जोरायल गाउँपालिकाका लागि विनियोजित कुल रकम ४० करोड ३५ लाख ७६ हजारमध्ये ४ प्रतिशत रकम फ्रिज भएको छ । यस गाउँपालिकामा एक करोड ६५ लाख ३७ हजार २१८ रुपैयाँ फ्रिज भएको हो ।

बडीकेदार गाउँपालिकामा कुल २९ करोड नौ लाख ३९ हजार रुपैयाँ विनियोजित भएको थियो । सो रकममध्ये एक करोड पाँच लाख रुपैयाँ फ्रिज भएको कोलेनिकाका सूचना अधिकारी जयेदेव पन्तले दिएको विवरणमा उल्लेख छ । यो रकम गाउँपालिकाका लागि विनियोजित कुल रकमको ३.६० प्रतिशत हुन आउँछ ।

गत आर्थिक वर्षमा आदर्श गाउँपालिकामा २.७४ प्रतिशत रकम विनियोजित भएको छ । यस गाउँपालिकाका लागि विनियोजित कुल ३० करोड २३ लाख ३८ हजार रुपैयाँमध्ये ८३ लाख रुपैयाँ फ्रिज भएको छ ।

पूर्वीचौकी गाउँपालिकाका लागि ३३ करोड ६१ लाख ६९ हजार तीन सय रुपैयाँ विनियोजन भएकोमा ६२ लाख १३ हजार १६६ रुपैयाँ खर्च हुन सकेन । यो रकम गाउँपालिकाका लागि विनियोजित कुल बजेटको १.८४ प्रतिशत हुन आउँछ ।