close

सुपारीको डिएनए परीक्षण गरेर मात्रै निर्यात गर्न निर्देशन

सुपारीको डिएनए परीक्षण गरेर मात्रै निर्यात गर्न निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालबाट विदेश निर्यात हुने सुपारीको डिएनए परीक्षण गर्न गो विकास तथा सुशासन समितिले निर्देशन दिएकमो छ । शुक्रबार राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र उत्पादन भएको स्थान परीक्षण गर्न निर्देशन दिएको हो ।

विदेशबाट अवैध रुपमा नेपाल भित्रिएको सुपारी पुनः विदेश पठाउँदा नेपालमा उत्पादन भएको उत्पत्तिको प्रमाणपत्र भेटिन थालेपछि सरकारले नै चासो बढाउँदै परीक्षण गर्न निर्देशन दिएको हो । पछिल्लो समय निर्यात गर्न पाएको इजाजत भन्दा बढी सुपारी विदेश निर्यात हुन थालेको गुनासो बढ्दै गएपछि समितिले चासो देखाएको हो ।

समितिले शुक्रबारको बैठकमा छलफलपछि सुपारीको डिएनए परीक्षण गरेर मात्र आयात गर्न निर्देशन दिएको छ । समितिको बैठकमा भन्सार विभागका प्रमुख कमलप्रसाद भट्टराईले स्थानीय कृषिज्ञान र नेपाल उद्योग वाणिज्य संघले उत्पात्तिको प्रमाणसहित सिफारिस गरेपछि सामान्य प्रक्रिया पुर्‍याएर निर्यात गर्न दिने गरेको जानकारी दिए ।

समितिको बैठकमा अर्थ मन्त्रालयका राजश्व सचिव कृष्णहरी पुस्करले अर्थ मन्त्रालय र भन्सार विभागले व्यापार सहजीकरणमा मात्र जोडिने भएकाले सबै दायित्व नहुने बताए । सुपारीको उत्पादन व्यापार व्यवसायबारे अध्ययन भइरहेकाले त्यसको स्थानीय राजनीतिक कारण पनि खोज्नुपर्ने सचिव पुस्करको भनाइ छ ।

बैठकमा सांसदहरुले नेपालमा आयात र निर्यात हुने सुपारीको विषयमा गहन अध्ययन हुन आवश्यक रहेको बताएका छन् ।