close

सुनको मूल्य ८०० रुपैयाँ बढ्यो

सुनको मूल्य ८०० रुपैयाँ बढ्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँ बढेको छ । 

बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ वृद्धि भएर ९६ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बुधबार सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।