close

घट्यो नेप्से परिसूचक

घट्यो नेप्से परिसूचक

Trulli
ADVERTISEMENT

काठमाडौं । सेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकले ओरालो लागेको छ । बिहीबार ३८.६१ अंकले घटेको बजार २१४८.१६ बिन्दुमा झरेर रोकिएको हो ।

आज कुल २१५ कम्पनीको ५६ हजार ८१९ कारोबारबाट ८५ लाख ६९ हजार ५ कित्ता बराबरको कारोबार भएको छ । यस दिन ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँबराबरको कारोबार भएको छ । 

बिहीबार वलेफी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढ्यो । सामलिङ पावर, रिभर फल्स, विन्ध्यवासिनी, घलेम्दी हाइड्रोलगायतको मूल्य बढेको छ । यस दिन युनाइटेड आईडीआई मार्दीको मूल्य सबैभन्दा धेरै ९.५२ प्रतिशतले घट्यो ।