close

बढ्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेर ९७ हजार १०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार नौ सयमा कारोबार भएको थियो ।
 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ४०० थियो ।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले घटेर एक हजार २३० तोकिएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।