close

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने

Trulli
ADVERTISEMENT

काठमाडौं । तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता सम्पन्न भएको छ । 

भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ । दुई मन्त्रीले नेपाल-चीन सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको र पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

साथै चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने घोषणा गरेको छ ।