close

यो साता बढ्यो सुनचाँदीको मूल्य

यो साता बढ्यो सुनचाँदीको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । यो साता सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारको तुलनामा यो साता सुनचाँदीकै मूल्य बढेको छ ।

गत शुक्रबारदेखि यो शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको महासंघले जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ थियो ।

जुन, तोलामा ५०० रुपैयाँ बढेर यो साताको शुक्रबारसम्म आइपुग्दा ९७ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, हिजो शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।