काठमाडौं । सुनको मूल्य सोमवार प्रतितोला ४०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।
तेजाबी सुनको मूल्य सोमवार प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ । सोमवार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँ गिरावट आएको छ । सोमबार चाँदीको मूल्य एक हजार २३५ रुपैयाँ कायम भएको छ ।