close

५०० रुपैयाँ घट्यो सुनको मूल्य

५०० रुपैयाँ घट्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । भदौ महिनाको पहिलो कारोबार दिन आज स्थानीय बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । 

मंगलबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९६ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै, तेजबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर कारोबार भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।