close

बारेकोटमा खाद्यन्न अभाव, खाद्यका डिपो रित्तै

बारेकोटमा खाद्यन्न अभाव, खाद्यका डिपो रित्तै

Trulli
ADVERTISEMENT

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिकाका खाद्य डिपोमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या परेका छन् । 

नयाँ बाली नपाकेको र पुरानो सकिएकाले स्थानीयवासी खाद्यन्नको मारमा परेका हुन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खाट र काउली डिपोमा चामल नहुँदा सर्वसाधारण खाली हात फर्कन बाध्य भएका छन् ।

स्थानीय बजारमा पाइने महँगो चामल खरिद गरेर प्रयोग गर्न बाध्य भएको बारेकोट –५ का विवेक सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दशैँको समयमा बढी नै चामलको आवश्यकता पर्छ, त्यही समयमा खाद्य डिपोमा चामल छैन ।’

पुरानो चामल सकिएको र नयाँ डिपोसम्म चामल ढुवानी नभएकाले चामल अभाव भएको डिपोका कर्मचारीले बताएका छन् । सदरमुकाममा सहुलियतमा चामल पाइए पनि दुर्गममा रहेका खाद्य डिपोमा चामल नै नहुँदा स्थानीयवासी पीडित भएका छन् । स्थानीय बजारमा चामल महँगो हुँदा आफूहरु मर्कामा परेको अर्का रमिता सिंहले बताए ।

जिल्लाको सबैभन्दा ठूलो भू–भाग बारेकोटमै रहेको छ । अन्न कम उत्पादन हुने बारेकोटमा दुईवटा खाद्यका डिपो स्थापना गरिएको थियो । चामल नभएका ती डिपो सर्वसाधारणले चामल कहिले आउँछ भनेर सोध्ने काममात्र भएको छ ।

दशैँअघि चामल लिन प्रयास गरे पनि सफल नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । 

जिल्लाभरि १० बिक्री केन्द्र र डिपो छन् ।