close

कोसी उत्खनन् हुन्छ तर पालिकामा राजश्व उठ्दैन

कोसी उत्खनन् हुन्छ तर पालिकामा राजश्व उठ्दैन

Trulli
ADVERTISEMENT

सुनसरी । बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले नगरपालिकाको वातावरण स्वच्छ बनाउने कार्य भइरहेको बताएका छन् । 

गरपालिका-८ मा नदीले जमिन कटान गरेकाले स्थानीयको हौसलाका लागि नदीपारीका वडा नं ७ र ९ मा केन्द्रित गरेर यस्तो कार्यक्रम ल्याइएको उनले जानकारी दिए । 

‘विपद्को समयमा आफै साथमा बसेर उहाँहरूको हौसला बढाउने काम गरेँ । भूमीहिन र सुकुमवासी नागरिकलाई आवासको व्यवस्थाको लागि नापीको काम सुरु गरेका छौँ,’ उनले भने । 

बर्खायाममा बाढी पहिरो कटान हुने समस्या नगरपालिकाभर छन् । नगरपालिकाभित्र रहेका कोसीबाट ढुङ्गाा, गिटी, बालुवा निकालेर बेच्ने काम हुन्छ । तर नगरपालिकाले कोसी खोलाको राजश्व उठाउन पाइएको छैन । 

त्यहाँको राजस्व संकलन गर्न र सही ढंगले स्रोत निकाल्न सकेमा विपद व्यवस्थापन गर्न सहज थियो । प्राकृतिक प्रकोपले समस्या पारेको छ ।