close

घट्यो जारको पानीको मुल्य

घट्यो जारको पानीको मुल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले बोतल र जारको पानीको मूल्य घटाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको मूल्य ४७ र एक लिटर बोतलको पानीको मूल्य १६ रुपैयाँ तोकिदिएको हो । 

अहिले ३ रुपैयाँ घटाएर मूल्य निर्धारण गरेको हो । विभाग आफैले गरेको एक अध्ययन अनुसार उद्योगले एक जार पानी औसत २५ रुपैयाँ पर्छ।  यस अघि २०७७ सालमा सर्वसाधारणका लागि अधिकतम मूल्य ५० रुपैयाँ निर्धारण गरेको थियो। त्यस अघिसम्म सर्वसाधारणले एक जार पानी किन्दा औसतमा ३५ देखि ४० रुपैयाँ तिरिरहेका थिए। 

विभागले सार्वजनिक गरेको मूल्यमा २० लिटरको जारको मूल्य घटाए पनि एक लिटरको बोटलमा भने मूल्य यथावत नै राखेको छ। त्यस्तै उपत्यका बाहिर एक जार पानीको अधिकतम मूल्य ६० रुपैयाँ र १ लिटरको बोटलको मूल्य २० रुपैयाँ कायम गरेको छ।