close

तत्काल नयाँ स्टक एक्सचेन्ज थप नगर्न अन्तरिम आदेश

तत्काल नयाँ स्टक एक्सचेन्ज थप नगर्न अन्तरिम आदेश

Trulli
ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले धितो बोर्डका नाममा तत्काल नयाँ स्टक एक्सचेन्ज नथप्न अन्तरिम आदेश जारी गरेको छ । 

नयाँ स्टक एक्सचेन्जका लागि लाइसेन्सको दरखास्त दिने अन्तिम दिन अर्थात् मंगलबार सर्वोच्च अदालतले लाइसेन्स प्रक्रिया तत्काल स्थगन गर्न बोर्डको नाममा अन्तरिम आदेश जारी गरेको हो । 

चुनावको मुखमा आर्थिक चलखेल गर्दै धितोपत्र बजार सञ्चालन नियमावली २०६४ र धितोपत्र व्यवसायी नियमावली २०६४ लाई संशोधन गर्दै बोर्डले नयाँ स्टकको लाइसेन्स बाँड्न लागेको भन्दै गत कात्तिक १ गते अधिवक्ता दीपकविक्रम मिश्रले रिट दायर गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा मंगलबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।