close

सेयर बजारमा पहिरो जाने क्रम जारी, १७१ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा पहिरो जाने क्रम जारी, १७१ कम्पनीको मूल्य घट्यो

Trulli
ADVERTISEMENT

काठमाडौँ । चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट आउने क्रम जारी रह्यो । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २३.५३ अंक (१.२३ प्रतिशत) ले गिरावट हुँदा १९९३.७० अंकमा बन्द भएको छ ।

साताको पहिलो कारोबार दिन २ प्रतिशत भन्दा माथिको वृद्धि भएको नेप्से सोमबार र मंगलबार एकल अंकको सामान्य गिरावट भएको थियो । बुधबार २ प्रतिशतले गिरावट भएको थियो । बिहीबार पनि एक प्रतिशत माथिले गिरावट हुँदा नेप्से १४ कात्तिकपछि पुनः १८०० अंकको बिन्दुमा झरेको छ ।

नेप्सेसँगै सबै उपसूचक गिरावट हुँदा कारोबार रकम १ अर्बमा सीमित भएको छ । बिहीबार नेप्सेमा ३१ लाख १४ हजार ६८९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ११ करोड ९४ लाख ६१ हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १० करोड २२ लाख ३५ हजारको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ५८ लाख २६ हजार र युनाइटेड मोदी हाइड्रोपावरको ३ करोड ३४ लाख ६६ हजारको कारोबार भएको छ ।

बिहीबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार हुँदा १७१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १ कम्पनीको भने स्थिर छ । बिहीबार कारोबार भएकामध्ये मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ३.९२ प्रतिशतले वृद्धि हुँदा सिन्धु विकास बैंकको २.७७ प्रतिशत र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य १.७८ प्रतिशतले वृद्धि भएको छ ।