close

भक्तपुर नगरपालिकाभित्र १२ गैरकानुनी सहकारी

भक्तपुर नगरपालिकाभित्र १२ गैरकानुनी सहकारी

Trulli
ADVERTISEMENT

भक्तपुर नगरपालिकाले गैरकानुनी रुपमा सञ्चालन भएका सहकारीमा पैसा जम्मा नगर्न नगरवासीलाई सचेत गराएको छ ।

बागमती प्रदेश सरकारले प्रदेशको नियम विपरित नै आव २०७७/०७८ र २०७८/०७९मा बहुउद्देश्यीय सहकारी संस्था दर्ता गरेको भएपनि ति संस्थालाई भक्तपुर नगरपालिका भित्र सञ्चालन गर्न नदिने निर्णय गरेको थियो । तर १२ ओटा गैरकानुनी सहकारी नगरपालिकाभित्र रहेको पाइएको छ।

 भक्तपुर नगरपालिकाले ति सहकारी संस्थालाई ३५ दिनभित्र आफ्नो कार्यालय नगरपालिका बाहिर सार्न एक सुचना जारि गर्दै निर्देशन दिएको छ । सूचनालाई बेवास्ता गरि कार्यालय नसारेमा नियमानुसार कारबाही गर्ने नगरपालिकाले चेतावनी दिएको छ।