close

सुनको मूल्य एक लाख दुई हजार नौ सय

सुनको मूल्य एक लाख दुई हजार नौ सय

Trulli
ADVERTISEMENT

काठमाडाैं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार नौ सय पुगेकाे छ ।

मंगलबार प्रतितोला रु एक लाख दुई हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार चार सय छ । मंगलबार सुन एक लाख दुई हजार एक सय रुपैयाँमा काराेबार भएकाे थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले घटेर प्रतितोला रु एक हजार चार सयमा आएको महासङ्घले जनाएको छ।