close

सुनको मूल्य: प्रतितोला एक लाख तीन हजार एक सय

सुनको मूल्य: प्रतितोला एक लाख तीन हजार एक सय

Trulli
ADVERTISEMENT

काठमाडाैं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय कायम भएको छ।

बुधबार प्रतितोला रु एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ सय छ । बुधबार तेजाबी सूनको मूल्य रु एक लाख दुई हजार चार सय थियो । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।