close

बुटवल उपमहानगरपालिकाको नगरसभा आज दिउँसो ३ बजे

बुटवल उपमहानगरपालिकाको नगरसभा आज दिउँसो ३ बजे

Trulli
ADVERTISEMENT

रुपन्देही ।  बुटवल उपमहानगरपालिकाको नगरसभा आज दिउँसो ३ बजे हुने भएको छ । नगर कार्यपालिकाको गत बिहीबार बसेको बैठकले बिहिबार दिउँसो ३ बजे नगर सभाको १२औं अधिवेशन डाक्ने निर्णय गरेको हो । 

बैठकले राष्ट्रिय योजना आयोगबाट प्राप्त हुने विशेष अनुदान र समपूरक अनुदानका लागि प्रस्ताव पठाउने निर्णय गरेको नगर प्रवक्ता शिव रानाले जानकारी दिए ।

उनका अनुसार समपूरक अनुदानतर्फ ५२ वटा स्थानमा हाइ मास्ट लाईटका लागि ९ करोड, शहरी सडकको स्तरोन्नतिका लागि १६ करोड रुपैयाँका लागि प्रस्ताव पठाउने निर्णय भएको छ । यस्तै विशेष अनुदानतर्फ बुटवल उपमहानगरपालिकाले विद्यालयहरुको भवन निर्माण, छात्रबास निर्माणका लागि प्रस्ताव पठाएको प्रवक्ता रानाले बताए । 

जसअनुसार सरस्वती आधारभूत विद्यालय बुटवल ११, सूर्योदय आधारभूत विद्यालय बुटवल ११, प्रगति माध्यमिक विद्यालय बुटवल ११, सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालय बुटवल ७, नवीन औद्योगिक माध्यमिक विद्यालय बुटवल ११ र नहरपूर माध्यमिक विद्यालय बुटवल ११ रहेका छन् । 

यी विद्यालयका भवन निर्माण, छात्रबास निर्माण र पर्खाल निर्माणका लागि १ करोडदेखि २ करोडसम्मको प्रस्ताव पठाइएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । 

यस्तै ज्योतिनगर पहिरो नियन्त्रणका लागि ५ करोड रुपैयाँ प्रस्ताव गरी पठाउने निर्णय बैठकले गरेको छ । यस्तैगरी बैठकले श्रम बैंक सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९ टेबुल गरेको छ ।