close

थाङपालकोटमा हाटबजार सुरु

थाङपालकोटमा हाटबजार सुरु

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक। स्थानीय उत्पादनको बजारीकरणका लागि हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङपालकोटमा हाटबजार सुरु गरिएको छ । मानेखर्क महिला साना किसान कृषि सहकारी संस्था थाङपालकोटले शुक्रबारदेखि थाङपालकोटमा हाटबजार सञ्चालनमा ल्याएको हो ।

प्रत्येक शुक्रबार रैथानेश्वरी मन्दिर बजार केन्द्रमा हाटबजार मेला सुरू गरिएको सहकारीका अध्यक्ष सार्की डोल्मा तामाङले बताइन्। सेरच्यु बरलो साना किसान कृषि सहकारी संस्था भोताङले वडा नं ३ मा गत वर्षदेखि नै हाटबजार व्यवस्थापन गरिरहेको छ । हाटबजारले मुद्रा विनिमयसँगसँगै वस्तु विनिमय गरी एकअर्काको सामान साटासाट र खनखाँचो टार्नसमेत सहज बजाउने आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले बताए।

वडाध्यक्ष कुलबादुर बस्नेतले आमा दिदीबहिनीले आफ्नै परिश्रमको उत्पादनलाई बजारसम्म पु¥याइ नगद आर्जन गर्न र उपभोक्ताले सस्तोमा स्वच्छ, ताजा अग्र्यानिक उत्पादनको उपभोग गर्न सहज हुने विश्वासका साथ निरन्तरताको शुभकामना व्यक्त गरे।

आर्सो नेपालले टिजिएचको सहयोगमा रैथानेश्वरीमा निर्माण गरेको यो बजार केन्द्रको अधिकतम् उपयोग भई स्थानीय समुदायको आर्थिक उपार्जनमा थप सहयोग पुग्ने विश्वास संस्थाले लिएको परियोजना संयोजक तामाङले बताए। आफ्नै आँगनमा स्थानीय उत्पादन खरिद बिक्री गर्न पाएकामा स्थानीय सुर्दशन साकोटाले खुसी व्यक्त गरे।