close

व्यवसायीलाई कर तिर्न पालिकाको निर्देशन

व्यवसायीलाई कर तिर्न पालिकाको निर्देशन

Trulli
ADVERTISEMENT

नवलपरासी।  विनयी त्रिवेणी गाउँपालिकाले पालिकाभित्रका व्यवसायीलाई कर तिर्न निर्देशन दिएको छ ।

गाउँपालिका र वडामा दर्ता भइ सञ्चालनमा आएका तर करका दायरमा नआएका व्यवसाय करतिर्न तथा दर्ता नभएका व्यवसायलाई वडा कार्यालयमा दर्ता गराई कर तिर्न शनिबार एक सुचना जारी गर्दै गाउँपालिकाले निर्देशन दिएकाे छ ।

सुचना प्रकासित भएको १५ दिन भित्र वडा कार्यालयमा गई प्रचलित कानुन बमोजिम बुझाउनु पर्ने कर तिर्न व्यवसायिलाई पालिकाले निर्देशन दिएको छ । तोकिएको समयमा कर नतिरेमा प्रचलित कानुनअनुसार कारबाही गर्ने पालिकाले जनाएको छ ।