close

घरदैलो कार्यक्रमबाट कर संकलन गर्दै रत्ननगर

घरदैलो कार्यक्रमबाट कर संकलन गर्दै रत्ननगर

Trulli
ADVERTISEMENT

चितवन । रत्ननगर नगरपालिकाले घरदैलो कार्यक्रममार्फत कर संकलन तथा व्यवसाय दर्ता  अभियान सुरु गरिएको छ । नगरपालिकाले आइतबारदेखि सो अभियान सञ्चालनमा ल्याएको हो । 

नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाको अनुसार चालु आर्थिक बर्षमा राजश्व संकलनको लक्ष्य पुरा गर्नका लागि घरदैलो अभियान सुरु गरिएको हो । उनले वडा नम्बर १० का बकुलहरदेखि सो अभियान सञ्चालन गरेको बताए । 

 नगरपालिकाले सुरु गरेको अभियानलाई रत्ननगर उद्योग बाणिज्य संघले सहयोग गरेको नगरपालिकाले जनाएको छ । सो अभियान पालिकाका अन्य वडा कार्यालयमा पनि क्रमश सञ्चालन गरिने उनले बताए