close

रु तीन सयले बढ्यो सुनको मूल्य

रु तीन सयले बढ्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं। सुनचाँदी बजारमा बिहिबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार छ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख एक हजार आठ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय ७०  कायम रहेको महासङ्घले जनाएको छ ।