close

सुनको मूल्य प्रतितोला १ लाख ११ हजार

सुनको मूल्य प्रतितोला १ लाख ११ हजार

Trulli
ADVERTISEMENT

काठमाडौँ । बुधबार सुनको मूल्यमा प्रतितोला २ हजार रुपैयाँ बढेको छ । मूल्य बढेसँगै बुधबार प्रतितोला १ लाख ११ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यो मूल्य हालसम्मकै उच्च हो । असअघि चैत ५ गते सुनको मूल्य   प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो । विश्वमा आर्थिक मन्दी देखिन थालेको विभिन्न रिपोर्टहरुले देखाएकाले सुनको भाउ बढेको महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए ।

चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४४० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने गत माघ १९ गते प्रतितोला १४५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।