close

पाँचखालमा चालूमा ३४ र पूँजिगतमा १६ वित्तिय प्रगति

पाँचखालमा चालूमा ३४ र पूँजिगतमा १६ वित्तिय प्रगति

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षमा चालुमा ३४ दशमलब ३८ पूँजिगतमामा १६ दशमलब ६१ प्रतिशत वित्तिय प्रगति भएको छ । नगरपालिकाको आयोजनामा भएका दोश्रो चौमासिक प्रगति प्रतिवेदन तथा सार्वजनिक सुनुवाईमा सो खर्च विवरण भएको जनाएको हो ।

सुनुवाई कार्यक्रममा  नगरपालिकाका पमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमले सो खर्च विवरणको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।   उनले नगरपालिकाको संचालन खर्च, शिक्षक तलब भत्ता शसर्त कार्यक्रमहरु तथा विभिन्न योजनाहरुको कामको भुक्तानी दिने क्रम भइरहेकोे जानकारी बताए ।

उनले  योजनाहरुमा उपभोक्ता समितिहरुमार्फत नगरस्तरीय योजना १ सय ३७ सम्झौता मध्ये ४५ वटाको भुक्तानी दिईसकिएको तथा वडा स्तरीय भएका ३८ वटा सम्झौता मध्ये १३ वटाको भुक्तानी भइसकेको जानकारी दिए । ठेक्काबाट भएका ३३ वटाकाम मध्ये ३ वटा सम्पन्न भएको तथा अन्य ३० बटाको काम शुरु भइसकेको छ ।