close

मौरी पालनको पकेट क्षेत्र बनाउँदै पाेखरा सरकार

मौरी पालनको पकेट क्षेत्र बनाउँदै पाेखरा सरकार

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिकाले मौरी पालनको पकेट क्षेत्रका रूपमा विकास गरिने भएको छ । 'एक वडा एक उत्पादन' कार्यक्रम अन्तर्गत वडा नम्बर १६ लाई मौरी पालनको पकेट क्षेत्रका रूपमा विकास गर्न लागेकाे हाे।

पकेट क्षेत्र विकास गर्नका लागि मौरी पालक कृषकहरूलाई पालिकाले १९२ आवश्यक सामग्री सहितका मौरी घारहरू ५० प्रतिशत अनुदान सहुलियतमा उपलब्ध गराइएको छ ।

माैरीसहित प्रदान गरिएका ती घारहरूमा १ महिना भित्रमा माहुरी मर्ने वा घार छोडेर जाने समस्या देखिए पुनः माैरी उपलब्ध गराउनुका साथै १ वर्ष सम्म निःशुल्क प्राविधिक सहायता प्रदान गर्ने व्यवस्था समेत मिलाइएको वडा नंम्बर ६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सीनाले बताए । 

मह उत्पादन वृद्धि गरी पोखरा १६ लाई महमा आत्मनिर्भर बनाउँदै कृषि क्षेत्रलाई व्यवसायीकरण गर्नका लागि उक्त कार्यक्रम कोसेढुंगा साबित हुने महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले विश्वास व्यक्त गरे ।