close

सुझाव सङ्कलन गर्दै स्थानीय तह

सुझाव सङ्कलन गर्दै स्थानीय तह

Trulli
ADVERTISEMENT

नवलपरासी पूर्व। नवलपरासी पूर्व नवलपुरका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेटका लागि सुझाव सङ्कलन थालेका छन् । स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र नगर तथा गाउँसभामा पेस गरिसक्नुपर्ने छ । 

यसैका लागि बजेट निर्माण अघि रायसुझाव सङ्कलन थालिएको कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए। बजेटलाई स्थानीय आवश्यकता र माग अनुसार प्रभावकारी बनाउन सुझाव माग गरिएको उहाँको भनाइ छ । यही जेठ २० गतेभित्र नगरपालिकामा रायसुझाव पेस गर्न पालिकाले सार्वजनिक सूचना जारी गरेको छ । 

जिल्लाका आठवटै पालिका यतिबेला नीति, कार्यक्रम र बजेटको पूर्व तयारीमा जुटेका छन् । उनीहरुले स्थानीयसित रायसुझाव माग गरेका छन् । पालिकाको प्राथमिकताका विषय पहिचानमा सहजता, जनताको चाहना र भावना बुझ्दै बजेटलाई यथार्थ फरक बनाउन रायसुझाव माग गरिएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले बताए। 

बौदिकाली गाउँपालिकाले प्राथमिकताका आधार तोकेर सम्बन्धित विषयमा रायसुझाव माग गरेको छ । कृषि उत्पादन वृद्धि गरी स्वरोजगार सिर्जना गर्ने, गुणस्तरीय शिक्षा कायम गर्ने, भौतिक पूर्वाधारलाई पहुँच र गुणस्तर कायम गर्ने गरी पालिको रायसुझाव माग गरेको ति तथा कार्यक्रम आवश्यकपर्ने हो सोही अनुसार सुझाव माग गरिएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए। 

‘पालिकाले मुख्यगरी आर्थिक क्रियाकलापमा जनतालाई जोड्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकता दिने लक्ष्य छ’, उनले भने, ‘यसैलाई आधार मानी आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा राय सुझाव माग गरेका छाैँ।’

आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा मुख्य गरि रोजगार सृजन गर्ने खालका विषयलाई यहाँका पालिकाले प्राथमिकता दिन लागिएको छ । आर्थिक क्रियाकलापमा नागरिकलाई जोड्दै विकास निर्माणका कामलाईसमेत अघि बढाउने विषय प्राथमिकतामा पर्ने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए। कृषि, पर्यटन, लघु उद्यमको माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धि गर्ने, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने खालका विषय प्राथमिकताका रुपमा रहेन अध्यक्ष गिरीले बताए।