close

पोखरा-१ मा योजना तर्जुमा तयारी बैठक सम्पन्न

पोखरा-१ मा योजना तर्जुमा तयारी बैठक सम्पन्न

Trulli
ADVERTISEMENT

कास्की। पोखरा महानगरपालिका वडा नं.१ मा योजना तर्जुमा तयारी बैठक सम्पन्न भएको छ ।

आगामी आर्थिक वर्षको २०८०/८१ का लागि योजना छनौटको तयारीमा रहेको महानगरपालिकाले वडा/वडामा पुगेर आवश्यकता र प्राथमिकतालाई जोड दिँदै योजनाहरू सिफारिस गर्न सुझाव संकलन गरिरहेको छ । 

यस क्रममा नगर प्रमुख धनराज आचार्य समेत वडाका कार्यक्रमहरूमा सहभागी भइरहेका छन्।योजना छनौटको प्रक्रियालाई सहभागितामुलक बनाउँदै आम सरोकारवालाहरुको राय र सुझाव अनुसार योजनाहरू छनौट गर्न उनले वडाका जनप्रतिनिधिहरूलाई सुझाव समेत दिएका छन् । वडा स्तरमा योजना बैकको निर्माण गरी साना ठुला सबै योजनाहरूलाई एकीकृत गर्न समेत 
उनले निर्देशन दिएका छन् ।

वडा नं.१ को छलफलमा आगामी वर्षका लागि योजनाहरूको तयारी सहित हाल वडामा चलिरहेका र सम्पन्न भैसकेका योजनाहरूको प्रगतिका बारेमा समेत छलफल भएको महानगपालिकाले जनाएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, पार्किङ व्यवस्थापन, सहरी सौन्दर्यीकरण लगायतका विषयहरूमा छलफल भएको छ ।