close

मालारानी गाउँपालिकाले ल्यायो ६४ करोडको बजेट

मालारानी गाउँपालिकाले ल्यायो ६४ करोडको बजेट

Trulli
ADVERTISEMENT

अर्घाखाँची। मालारानी गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । सभाका अध्यक्ष दलबहादुर भट्टराईले पेश गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको हो । 

पारित भएको नीति तथा कार्यक्रम अनुसार मालारानी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ६४ करोड २५ लाख ५० हजार ६ सय अठासी रुपैया रहेको छ । गाउँ सभाको दोस्रो बैठकमा पालिका उपाध्यक्ष दीपा पोख्रेलले विनियोजन विधेयक २०८० मार्फत उक्त बजेट प्रस्तुत गरेकी हुन्। 

पालिकाले आगामी वर्ष दीर्घ रोगी (सुगर ,प्रेसर र क्षारे रोगका बिरामी)हरुलाई निशुल्क औषधि बितरण , उपाध्यक्ष साहारा बिहीन कार्यक्रम , पत्रेढुगां विस्थापन गर्ने गरि बजेट ल्याइएको उपप्रमुख पोख्रेलले जानकारी दिइन्। यस्तै, लिफ्ट खानेपानीमा ८० प्रतिशत विद्युत महशुल भुक्तानी गर्ने गरि बजेट विनियोजन भएको छ । 

गाउँपालिकाले डाक्टर , ईन्जिनियर पढ्ने बिद्यार्थीलाई दिदै आएको छात्रवृत्तिलाई निरन्तरता दिएको छ । पालिका भित्रका दलित विद्यार्थीहरुलाई साधरण विज्ञान विषय अध्ययनको लागी ५० प्रतिशत छात्रवृत्ति पालिकाले सहयोग गर्ने गरि बजेट विनियोजन भएको छ । 

सभाको पहिलो बैठकमा उठेका प्रश्नहरुको पालिकाका प्रवक्ता तिलक र कार्यपालिका सदस्य लिलाबहादुर बि.कले जवाफ दिदै सभामा उठेका विषयहरुलाई गाउँ कार्यपालिकाले गम्भीर रुपमा लिएको भन्दै उठान भएका विषयहरुलाई समेटेर बजेट आएको बताएका थिए।  

पालिका उपाध्यक्ष दीपा पोख्रेलले पेश गरेको विनियोजन विधेयकलाई दफावार छलफलको लागी विधान समितिमा पढाउन सभाका सदस्यहरु सुमित्रा परियार , बलबहादुर हौजाली , कुलराज खनाल , हुमबहादुर महत र धनेश्वर पन्थीले माग गरेका थिए। उक्त विधेयकलाई दफाबार छलफलको लागी विद्यायन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । सभाको बैठक अर्को सूचना जारी नभए सम्मको लागी स्थगित भएको सभाका सचिब सुरेश भुसालले जानकारी दिए।