close

अब हनुमानढोका दरबार क्षेत्रमा चलचित्र छायांकन गरे प्रतिदिन ५५ हजार रुपैयाँ

अब हनुमानढोका दरबार क्षेत्रमा चलचित्र छायांकन गरे प्रतिदिन ५५ हजार रुपैयाँ

Trulli
ADVERTISEMENT

काठमाडौं– अब हनुमानढोका दरबार क्षेत्रमा चलचित्र छायांकन गरे प्रतिदिन ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले सम्पत्तिसम्बन्धी नयाँ कर कार्यान्वयनमा ल्याएसँगै हनुमानढोका दरबार क्षेत्रमा चलचित्र छायांकन गरे प्रतिदिन ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने भएको हो । 

नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएपछि महानगरले ल्याएको नयाँ कर दर साउन १ गतेदेखि लागु गरिएको छ। जसअनुसार अब काठमाडौंमा रहेको रत्नपार्कमा प्रवेश गर्न ३० रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।

सम्पत्तिसम्बन्धी नयाँ कर दरमा बालाजु बाइसधारा र शंखधर उद्यानको प्रवेश शुल्क तथा अन्य गतिविधिको शुल्क तोकिएको छ । यस्तै, बालाजु, बाइसधारा पार्क, शंख पार्क, शंखधर साख्वा पार्कमा प्रवेश गरे पनि ३० रुपैयाँ तिर्नुपर्ने छ।