close

भक्तपुरका स्थानीय तह: कस्को खर्च कति ?

भक्तपुरका स्थानीय तह: कस्को खर्च कति ?

Trulli
ADVERTISEMENT

भक्तपुर - भक्तपुर जिल्लामा चाँगुनारायण नगरपालिकाले सबैभन्दा बढी खर्च गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजित रकममध्ये ८१ दशमलव ६७ प्रतिशत खर्च गरेको हो । 

याे खर्च उपत्यकाभित्रका २१ वटा स्थानीय तहमध्ये चाँगुनारायणकाे सबैभन्दा बढी हो । गत वर्ष नगरपालिकाले एक अर्ब आठ करोड ५६ लाख विनियोजन गरेको थियो । सोमध्ये ८८ लाख ६६ हजार खर्च भएको हो ।

सूर्यविनायक नगरपालिकाले गत आवमा ६३ प्रतिशत रकम गरेको छ । नगरपालिकाले पुँजीगततर्फ एक अर्ब दुई करोड विनियोजित रकममध्ये ६४ करोड ७६ लाख गरेको हो । 

भक्तपुर नगरपालिका गत आवको पुँजीगतर्फ ७३ करोड ५८ लाख विनियोजन भएको थियो । जसमध्ये ३९ करोड ९२ लाख ९० हजार रुपैयाँ खर्च गरेको छ । नगरपालिकाले विनियोपजित रकममध्ये ५४ दशमलव २७ प्रतिशत रकम मात्र खर्च गरेको छ । 

मध्यपुरथिमी नगरपालिका ५३ दशमलव ९९ प्रतिशत रकम खर्च गरेको छ । नगरपालिकाको पुँजीगततर्फ एक अर्ब ११ करोड विनियोजित रकममध्ये ६० करोड ११ लाख  रुपैयाँ खर्च गरेको हो ।